बिहीबार, चैत २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अदानचुली गाउँपालिकाका पूर्वउपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अदानचुली गाउँपालिकाका पूर्वउपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 |  बुधबार, फागुन १६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १६, २०८०

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन उपाध्यक्ष सौमति रावल ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

National life

उनीहरूले गाउँपालिकाको वडा नम्बर ३ स्थित ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ योजनामा अनियमितता गरेको उजुरी परेपछि आयोगले अनुसन्धान गर्दा ४२ लाख २९ हजार ३५८ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

उपप्रमुख रावल, अनुगमन समिति सदस्य मानबहादुर टमटा र धनसरा टमटाले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविक भएको भन्दा बढी काम सम्पन्न भएको भनेर गलत प्रतिवेदन पेश गरेर भ्रष्टाचार गरेको भन्दै जरिवाना तथा कैद सजायको माग गरिएको छ ।

उपाध्यक्ष रावल २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएकी थिइन्।

यस्तो छ आरोपपत्र

kumari

 

प्रकाशित: Feb 28, 2024| 16:45 बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्