मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जना वडा सदस्यको मृत्यु भएको छ।
मंगलबार दिउँसो साढे १ बजेतिर बकैया गाउँपालिका वडा नम्बर ७ मानदमारस्थित आफ्नै घर अगाडि हिँडिरहँदा बिजुलीको पोल ढलेर उनको मृत्यु भएको हो।
मृतक सोही वडाका सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
पोलले लाग्दा घाइते भएका तितुङलाई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा आज बिहान ३ बजे मृत्यु भएको हो।