शुक्रबार, भदौ १२, २०८३

यस्तो रहनेछ बुधबार दिनभरको मौसम

 |  बुधबार, फागुन १६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १६, २०८०

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

बिहान पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ। र, बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। 

यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  

प्रकाशित: Feb 28, 2024| 09:30 बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्