बिहीबार, चैत २६, २०८२

पूर्व प्रधानाध्यापक धनीलाललाई भ्रष्टाचार मुद्दा

 |  बुधबार, फागुन १६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १६, २०८०

इनरुवा (सुनसरी)- सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित चार जनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ।

National life

प्रधानाध्यापक यादवविरुद्ध रु ६४ हजार नौ सय भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। खुला कोटाअन्तर्गत न्यूरो मेडिकल कलेज विराटनगर मोरङमा शैक्षिक वर्ष २०७५-०७६ देखि तीन वर्षे अध्ययन अवधिमा विद्यालयमा अनुपस्थित भएको अवधिको तलब भत्ता सुविधा लिएका शिक्षक बालेश्वर यादवविरुद्ध रु एक लाख ३० हजार ८४३ भ्रष्टाचार मुद्दा दायर भएको उनले जानकारी दिए।

तत्कालीन प्रधानाध्यापक धनीलाल जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव अध्ययनरत रहेको अवधिमध्ये मिति २०७५ साल असोजदेखि २०७६ साल फागुनसम्मको विद्यालय तथा गाउँपालिकाको कार्यालयसमेतको फर्जी हाजिरी ३५ दिन र गाउँपालिकाको कार्यालयमा काज कार्यरत रहँदा गयल रहेको अवधि ३७ दिनको ६४ हजार नौ सय रुपैयाँ भुक्तानी दिएको आरोप लागेको छ।

त्यसैगरी, यादव प्रधानाध्यापक पदको जिम्मेवारीमा रहँदा शिक्षक बालेश्वर यादव विसं २०७७ माघदेखि २०७८ कात्तिकसम्म ३४ दिन फर्जी हाजिरी गराई रु ३३ हजार ६१८ तलब भत्ता दिलाएको आरोप लागेको आयोगको विज्ञप्तिमा उल्लेख छ। 

यसैगरी, वीरेन्द्रप्रसाद यादवले प्रधानाध्यापकको पदमा रहँदा २०७८ मङ्सिरदेखि फागुनसम्मको २२ दिन फर्जी हाजिरी गराएको र मङ्सिरमा गयल रहेको अवधि  १० दिनको गरी रु ३२ हजार ३२४ शिक्षक बालेश्वरलाई गैरकानुनी लाभ दिलाइ भुक्तानी दिएको पुष्टि भएको आयोगले जनाएको छ। 

kumari

तत्कालीन प्रधानाध्यापक भोला यादवलाई रु ३३ हजार ६१८ र तत्कालीन प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवविरुद्ध रु ३२ हजार ३२४ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ३ बमोजिम कैद तथा जरिवाना हुन माग दाबी लिइ विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

यसैबीच, सुनसरी सदरमुकाम इनरुवा–२ घर भई इनरुवा–१ मा भाडाको घरमा बस्दै आएका मनोजकुमार मेहतालाई ढल व्यवस्थापन  नहुँदा समस्या थियो।  वर्षा याममा यो समस्या अझ भयावह थियो।  इनरुवा नगरपालिकाले ढल व्यवस्थापनस्थानीय बासिन्दा खुसी भएका छन्। 

इनरुवा नगरपालिकाले चालु आर्थिक वर्षमा इनरुवा–१ स्थित इनरुवा अङ्ग्रेजी बोर्डिङ स्कुलदेखि पश्चिम जाने बाटोमा दुवैतर्फ नाला निर्माण गर्नुका साथै बाटोलाई मर्मतसम्भार गरेपछि स्थानीयवासीलाई आवतजावत गर्नका लागि सहज भएको छ।

इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, इनरुवा–१ का वडाध्यक्ष प्रमोद पोखरेल र वडा सदस्य प्रदीप ढकाल लगायतको सहयोगमा नाला निर्माणको काम गर्नुका साथै बाटोमा मर्मतसम्भार गरेपछि तत्कालका लागि राहत भएको स्थानीयबासीको भनाइ छ।

नगरपालिकाले चालु आर्थिक वर्षमा टेण्डरमार्फत विवस कन्स्ट्रक्सन इनरुवा–५ बलाहासँग रु आठ लाख ९० हजार ८५८ मा सम्झौता गरेर नाला निर्माण गर्नुका साथै सडक मर्मतसम्भारको कार्य गरेको इनरुवा नगरपालिकाका इञ्जिनियर उमेश्वर मेहताले जानकारी दिए।


 

प्रकाशित: Feb 28, 2024| 05:52 बुधबार, फागुन १६, २०८०
प्रतिक्रिया दिनुहोस्