बिहीबार, चैत २६, २०८२

बारामा विष्फोट: घाइते तीन जनाको मृत्यु

 |  मंगलबार, फागुन १५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १५, २०८०

बाराको निजगढ बजारमा भएको शंकास्पद वस्तु विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ। स्थानीय रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्यास वेल्डिङ गर्ने क्रममा विष्फोट हुँदा मगरसहित तीन जनाको मृत्यु भएको हो।

National life

मृत्यु हुनेमा निजगढ नगरपालिका–५ बस्ने वर्कसपका सञ्चालक मगर, भारत बिहारको गवाई बस्ने ३५ वर्षीय राकेश जैसवाल र पर्साको वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत छन्। उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो। प्रहरीले सोमबार प्रारम्भिक अनुसन्धानको क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा घटना भएको बताएको थियो।

यद्यपि अनुसन्धान गर्ने क्रममा एक्सप्लोजन हुने अर्को शंकास्पद वस्तु विष्फोट भएको खुलेको छ। घटनामा घाइते भएका थप तीन जनाको अवस्था गम्भीर छ। निजगढ नगरपालिका– ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देवान, विहार रामघडवा बस्ने २० वर्षीय अरविन साह घाइते भएका हुन्।

विष्फोटको घटनामा संलग्न रहेको आशंका प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। बिहारको मोतिहारी बस्ने ४० वर्षीय राज भन्ने रमेश जैसवाल र निजगढ नगरपालिका–९ बस्ने २९ वर्षीय टीकाराम पाख्रिनलाई पक्राउ गरिएको हो। पक्राउ परेका जैसवालले कवाडी किन्ने र पाख्रिन कवाडी बेच्ने काम गर्दै आएका छन्।

प्रकाशित: Feb 27, 2024| 11:53 मंगलबार, फागुन १५, २०८०
प्रतिक्रिया दिनुहोस्