बिहीबार, चैत २६, २०८२

ग्यास सिलिण्डर पड्किएर बारामा एक जनाको मृत्यु

 |  सोमबार, फागुन १४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०

National life
kumari

बारा- ग्यास सिलिण्डर पड्किएर बारा निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय रेशम मगरको मृत्य भएको प्रहरीले जनाएको छ। 

सोमबार  दिउँसो १२ बजेको समयमा निजगढ नगरपालिका–७ निजगढ बजारस्थित सञ्चालनमा रहेको रेशम मगरको रोहित वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा गम्भीर घाइते भएको मगरको बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। 
     
ग्यास सिलिण्डर पड्किँदा बारा, निजगढ नगरपालिका–५ बस्ने ४५ को सूर्यबहादुर थापा, सामुदायिक प्रसूती गृह अस्पताल निजगढमा, जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–९ बस्ने वर्ष ३४ को फिरोद देवान, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा, सोही ठाँउ बस्ने  वर्ष २० को रितु रजत, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा, भारत, गवाई बस्ने वर्ष ३५ को राकेश जयसवाल र भारत, रामघडवा वर्ष २० को अरविन साह, बयोधा अस्पताल वीरगञ्ज, पर्सामा उपचार भइरहेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Feb 26, 2024| 21:41 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्