शनिबार, जेठ १०, २०८२

पद्‍मश्री विजेता भारतीय गायक पंकज उदास रहेनन्

 |  सोमबार, फागुन १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०

vianetvianet

भारतीय गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार गायक उदासको निधन भएको हो।

उनको निधन भएको जानकारी उनकी छोरी नायब उदासले सामाजिक सञ्जालमार्फत दिएकी छन्। उदास केही दिनदेखि बिरामी थिए।

सन् १९५१ मे १७ मा गुजरातको जेतपुरमा जन्मिएका हुन् पंकज। सन् १९८० मा रिलिज भएको एल्बम ‘आहत’बाट चर्चामा आएका उदासको भारतीय सिनेमा र पप संगीतमा ठूलो योगदान छ। उनको गजल ‘चिठी आई है’ र चलचित्र ‘मोहरा’मा उनले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ हिट छन्। 

सन् २००६ मा उनले पद्मश्री पुरस्कार पाएका थिए ।

प्रकाशित: Feb 26, 2024| 18:22 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्