शुक्रबार, भदौ १२, २०८३

रुससँगको युद्धमा मारिए ३१ हजार युक्रेनी सैनिक

 |  सोमबार, फागुन १४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १४, २०८०

काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग दुई वर्षदेखि जारी युद्धमा आफ्ना ३१ हजार सैनिक मारिएको बताएका छन्।

किएभमा आयोजित 'युक्रेन इयर ट्वेन्टी ट्वेन्टी फोर मञ्च' मा जेलेन्स्कीले प्रत्येक शहादत ठूलो बलिदान भएको टिप्पणी गरे। उनले रुसले कब्जा गरेका युक्रेनी भूभागमा दशौं हजार सर्वसाधारण मारिएको र सही तथ्यांक युद्ध सकिएपछि मात्रै उपलब्ध हुने जनाएका छन्।

युक्रेनी रक्षामन्त्री रुस्टेम उमेरोभले आगामी महिना बलियो सामरिक रणनीति लागू हुने जनाए। तर, उनले त्यो रणनीति कस्तो हुन्छ भनेर खुलाएनन्।

यसैबीच फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंले आज पेरिसमा युक्रेनलाई पश्चिमा समर्थन सम्बन्धी विश्वका शीर्ष नेताहरुको सम्मेलन आयोजना गर्दैछन्।

प्रकाशित: Feb 26, 2024| 12:41 सोमबार, फागुन १४, २०८०
प्रतिक्रिया दिनुहोस्