शुक्रबार, भदौ १२, २०८३

अछाममा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

अछाम- अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते भएका छन्।

आज दिउँसो कमलबजार नगरपालिका–७ बस्ने ६६ वर्षीय वृद्धा हीरादेवी अधिकारीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो। घरबाट करिब आधा किलोमिटर टाढा रहेको पत्थरिया खान जङ्गलमा बाख्रा चराउने क्रममा जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

घाइते अधिकारीको कमलबजार स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा पठाइएको प्रनाउ पाठकले बताए। बँदेलको आक्रमणबाट उनको कम्मरमा गहिरो चोट लागेको छ।

प्रकाशित: Feb 25, 2024| 16:58 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्