बिहीबार, चैत २६, २०८२

सवारी दुर्घटनामा चारको मृत्यु, पाँच जना मृत फेला

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने फरक फरक स्थानमा पाँच जना मृत भेटिएका छन्।

National life

प्रहरीका अनुसार काठमाडौं, कीर्तिपुर नगरपालिका-६ पाण्डेछाँपस्थित आरबी डिपो प्लायर्समा बा.२ क ३४०२ नम्बरको टिपरमा गिट्टी लोड गरी निस्कने क्रममा टिपरको ठक्करबाट बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका सोही डिपोमा काम गर्ने ईश्वर परियारकी १६ महिनाकी छोरी १६ स्नेहा परियारको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङ, थाक्रे गाउँपालिका-८ काउलेमा बा.१६ च ८११३ नम्बरको बोलेरो सडकबाट करिब १ सय ५० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटनामा हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ८० वर्षीय शेर बहादुर तामाङको मृत्यु भएको छ। दुर्घटना गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनमा घाइते भएका जिपमा सवार अन्य ५ जनालाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाएको छ।

सर्लाही, गोडैता नगरपालिका-८ स्थित सडकमा मधेश प्रदेश ०२-००७ प १२३० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री चक्रघाटा गाउँपालिका-९ खोरिया बस्ने ५० वर्षीय नागेन्द्र रायको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र अन्य १ जना पैदलयात्रीको तिरुपती अस्पतालमा उपचार भइरहेको छ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ जय चोकमा प्रदेश १-०१-००१ च.७९६४ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूषको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबरीमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

kumari

मृत फेला
कञ्चनपुर, भिमदत्त नगरपालिका-९ वडा कार्यालय नजिक हाल एकिन नाम, थर, वतन नखुलेका शंकर भनेर बोलाउने गरिएका करिब ४० वर्षीय भारतीय नागरीक शनिबार मृत अवस्थामा फेला परेका छन्।

खोटाङ, रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मा बस्ने ५० वर्षीय ध्यान बहादुर राई सोही ठाउँ बस्ने जितेन्द्र राईको मतान घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-९ संगमपथ बस्ने ७५ वर्षीय प्रेमराज आचार्य सोही ठाउँस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

उदयपुर, उदयपुरगढी गाउँपालिका-७ दमाइकुटे कुईभिर खोलामा सोही गाउँपालिका- ७ ससुराली गाँउमा बस्दै आएका रौतामाई गाउँपालिका-८ घर भएका ३८ वर्षीय जमान सिंह लाय मगर शनिबार मृत अवस्थामा फेला परेका छन्।

ईलाम, माई नगरपालिका-२ झ्याम्टेस्थित भिरमा बर्दिया मधुवन नगरपालिका-९ घर भई झापा दोमुखास्थित सिँचाइको ड्याम बनाउने काम गर्दै आएका २१ वर्षीय समिर थारु शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्रकाशित: Feb 25, 2024| 13:34 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्