शुक्रबार, भदौ १२, २०८३

वडा कार्यालयभित्र नगर प्रहरीकी श्रीमती मृत फेला

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन्। आज बिहान वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

बिहान योग गर्न जाने मान्छेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती भएको बताइएको छ। केही महिनापहिले उनीहरुले बिहे गरेका थिए।

नगर प्रहरीलाई वडा कार्यालयमा क्वाटर दिइएको थियो। दम्पती त्यहीँ बस्ने गरेका थिए। थप विवरण थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 25, 2024| 12:33 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्