बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

देशकै सबैभन्दा लामो पुलको ठेक्का ६ महिनाअघि नै सकियो

 |  आइतबार, फागुन १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा देशकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार उद्घाटन गरेपछि पुल ‌औपचारिक रुपमा सर्वसाधारणका लागि खुलेको हो।

triton college

सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी यो पुल  निर्माण भएको हो ।  यसको लम्बाई एक हजार पाँच सय दशमलव ४४ मिटर र चौडाई १.२ मिटर छ । यो नेपालकै सबैभन्दा लामो पुल भएको दाबी गरिएको छ । पुल निर्माणका लागि २८ करोड भन्दा बढी खर्च भएको छ ।

संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको करिव २८ करोड ८५ लाख रुपैयाँ लागतमा थानी निर्माण सेवाले पुल निर्माणको ठेक्का लिएको थियो । पुलको ठेक्का २०७९ असोज १ मा लागेको थियो । त्यसैबेला देखि निर्माण सुरु गरिएको पुल सरकारले तोकेको ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको छ । पुलको भारवहन क्षमता ५४० टन (करिब ३,८८६ पदयात्री) छ ।

पुल सञ्चालनमा आएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिरहाका विभिन्न ठाउँमा आवत–जावत गर्न सहज भएको छ । पुल निर्माण भए पछि हेर्न आउने र त्यसमा चढेर आनन्दित हुने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ ।  हुलाकी राजमार्ग अन्तरगत कमला नदीमा निर्माण भएको बहुप्रतिक्षित कमला पुल भत्किएपछि स्थानीयवासी आवातजावत गर्न भारतीय भूमि प्रयोग गर्न बाध्य थिए । अब यो पुल सञ्चालनमा आएपछि यो समस्या समाधान भएको छ।

थामी निर्माण सेवा काठमाडौंले पुल निर्माण गर्ने ठेक्का लिएपछि सो पुल बनाउन २०७६ सालमा सर्वे गरी संघीय सरकारसँग बजेट माग गरेपनि कोरोनाको कारण पुल निर्माण सम्बन्धी प्रक्रिया प्रभावित भएको थियो । तर सोही वर्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा बजेट प्राप्त भई  पुल निर्माण प्रक्रिया शुरु भएको थियो ।

Metro Mart
vianet

चार फिट चौडा पुलबाट सर्वसाधारण, चौपाया, साइकल र मोटरसाइकल सहजै वारपार गर्न सकछन् । तर स्थानीय प्रशासनले पुलको दीर्घकालीन उपयोगका निम्ति बढी भार भएका टेम्पोलगायतका सवारी साधन तीव्रगतिमा नचलाउन, साइकल, मोटरसाइकल डोर्याएर नदी पार गर्न सम्बद्ध सबै प्रयोगकर्तामा अनुरोध गरेको छ ।

पुल उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने बताए । उनले मधेसको विकास नभई देशको विकास नहुने उल्लेख गरे । तराईमा सिँचाइ विस्तार गरी र उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने विश्वास दिलाउँदै प्रधानमन्त्रीले यसपटक आफूले संघीयता कार्यान्वयनलाई विशेष ध्यान दिएको बताए । प्रधानमन्त्रीले तीन तहको सरकारको सहकार्यबाट यस्ता निर्माणले संघीयतालाई सबल तुल्याउने विश्वास व्यक्त गरे । 

नेपालको भूगोलअनुसार झोलुङ्गे पुलको महत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले देशका विभिन्न स्थानमा झोलुङ्गे पुलको निर्माणमा प्राथमिकता दिइँदै आएको जानकारी दिए । उनले कमला नदीमा तटबन्ध निर्माण गर्ने, अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए । 

प्रधानमन्त्री दाहालले शनिबार नै धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास पनि गरे । यो पुल निर्माण पछि धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोडिने छ । 

एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने पुलको लम्बाइ ६ सय मिटर लामो हुनेछ । ‘डबल लेन’को यो पुल निर्माणपछि दुवै जिल्लाका जनतालाई आवागमनका साथै यातायातका साधन सञ्चालन गर्न सहज हुनेछ । 

प्रकाशित: Feb 25, 2024| 07:00 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्