बिहीबार, असार ११, २०८३

दश वर्षअघिको पञ्चकोट पाखोमा ५० करोडका संरचना 

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

बागलुङको पञ्चकोट दश वर्ष अघिसम्म पनि नांगो पाखो थियो। सुक्खा पहाडमा घाँसपात पनि राम्रोसँग उम्रिदैनथ्यो। अहिले त्यही ठाउँ पर्यटकीय क्षेत्रको रुपमा विकास भएको छ। बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटको कथा हो यो। यहाँ अहिले ५० करोडको संरचना बनिसकेका छन्।

National life

गत बिहीबारमात्र पञ्चकोटमा पाँच हजार ५५५ किलोको महाघण्ट अनावरण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त महाघण्ट अनावरण गरी पूजाअर्चना गरेका हुन्।

धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकास भएको पञ्चकोटमा बुधबारदेखि सुरु भएको महायज्ञको गण्डकी प्रदेशका १०८ कन्याले शुभारम्भ गरेका थिए। अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा)को अगुवाइमा महायज्ञ फागुन २३ गतेसम्म १५ दिन सञ्चालन हुनेछ। 

महायज्ञमा २१ हजार ५५५ क्विन्टल धान्याचलसमेत गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक स्वामी कमलयनाचार्यले जानकारी दिए। उनका अनुसार अहिलेसम्म नेपालमा नभएको ब्रह्माण्डीय महायज्ञ बागलुङमा पहिलोपटक हुन लागेको हो।

पञ्चकोटको एकीकृत विकासको काम सुरु भएपछि यो ठाउँ जिल्लाकै पर्यटकीय एवं धार्मिक गन्तव्यका रूपमा विकास हुन थालेको छ। २०७१ सालमा महायज्ञ सञ्चालन गरेर विश्वशान्ति कलश निर्माणको काम शिलान्यास भए पनि काम पूरा हुन सकेको छैन।

Shivam cement

१०८ फिट अग्लो कलशमा करिब एक हजार पाँच सय व्यक्तिहरू अटाउने गरी कलश निर्माणको काम अगाडि बढेको छ। पञ्चकोटमा अहिलेसम्म ५० करोड बढीको पूर्वाधार तयार भइसकेका छन्। २०७१ सालमा सञ्चालन गरिएको पहिलो महायज्ञबाट उठेको रकमबाट सुरु गरिएको पञ्चकोट निर्माणको कामले अहिले एउटा स्वरूप धारण गरेको छ। यहाँ सिस महल, सत्संग भवन, गणेश मन्दिर, हनुमानको मूर्ति, पञ्चनारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, गरुडशिलालगायतका संरचना निर्माण भइसकेका छन्। 

साथै, गरुडनारायणको मन्दिर, हनुमानको मूर्ति स्थापना, सडक पूर्वाधारको सुधार तथा निर्माण, खानेपानीको व्यवस्थापनलगायतका कामहरू पनि सम्पन्न भइसकेका छन। ठूलो भौतिक र धार्मिक संरचनाहरू ताराजालकोट रहेको ठाउँमा निर्माण भइरहेका छन्।

पञ्चकोट विभिन्न पाँचवटा कोटहरूको एकीकृत विकासको रूप हो। यस क्षेत्रमा रहेका ताराजालकोट, कारिकोट, माझकोट, रायँरायँकोट र संसारकोटलाई प्रतीकात्मक रूपमा एकै ठाउँमा विकास गरेर पञ्चकोट नामकरण गरिएको स्वामी ऋषि प्रपन्नार्यको भनाइ छ।

धार्मिक हिसाबले यस क्षेत्र मुक्तिक्षेत्र र पुलत्स्य पुलह ऋषिले तपस्या गरेको ठाउँ मानिन्छ। नेपालमा भएका सबै गोत्रहरूको मूल पुरुषलाई पञ्चकोटमा स्थापना गरिने स्वामी कमलनयनाचार्य बताउँछन्। 
 

प्रकाशित: Feb 25, 2024| 06:30 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्