मंगलबार, पुस १, २०८२

पूर्वी चीनमा आगलागी, कम्तीमा १५ जनाको मृत्यु

 |  शनिबार, फागुन १२, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १२, २०८०

नानजिङ- पूर्वी चीनको जियाङ्सु प्रान्तको राजधानी नानजिङमा भवनमा आगलागी हुँदा १५ जनाको मृत्यु भएको स्थानीय सरकारले शनिबार बिहान जनाएको छ। 

National life

उक्त घटनामा कम्तीमा ४४ जना घाइते भएका बताइएको छ। उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ।

स्थानीय दमकल विभागलाई युहुताई जिल्लाको एक आवासीय भवनमा आगलागी भएको सूचनापछि घटनास्थलमा पुगेका अग्नि नियन्त्रकहरूले आगलागीलाई करीब दुई घण्टामा नियन्त्रणमा लिएको जनाएका छन्। 

प्रारम्भिक अनुसन्धानमा उक्त भवनको पहिलो तल्लामा आगलागी भएको र उक्त स्थानमा विद्युतीय साइकलहरू राखिएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   -एएफपी

प्रकाशित: Feb 24, 2024| 17:01 शनिबार, फागुन १२, २०८०
प्रतिक्रिया दिनुहोस्