सोमबार, वैशाख १०, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • थापाथलीको प्रसूति अस्पतालबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा भेटियो

थापाथलीको प्रसूति अस्पतालबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा भेटियो

 |  शनिबार, फागुन १२, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १२, २०८०

काठमाडौं- काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ ।

triton college

उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। 

‘हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ’, उनले भने, ‘बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौँ ।’

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौँको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।

प्रकाशित: Feb 24, 2024| 09:07 शनिबार, फागुन १२, २०८०
प्रतिक्रिया दिनुहोस्