शुक्रबार, भदौ ५, २०८३

दलको नामै फेर्ने एजेण्डा राखिएको माओवादी बैठक जारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बैठक बत्तिसपुतलिस्थित अनुपम फुडल्याण्ड्मा सुरु भएको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। बैठक बत्तिसपुतलिस्थित अनुपम फुडल्याण्ड्मा सुरु भएको छ।

केन्द्रीय समिति बैठकमा अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले पछिल्लो राजनीति घटनाक्रमका बारेमा केन्द्रीय समितिका सदस्यलाई ब्रिफिङ गरिरहेका छन्। त्यसपछि बैठकमा दाहालले राजनीति र सांगठनिक प्रतिवेदन पेश गर्नेछन्।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ अनुसार शनिबारकोे बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश भएसँगै समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने छ।  ‘मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे छलफल हुँनेछ’, बैठकबारे प्रवक्ता श्रेष्ठले भने, ‘कतिपय विषयमा हिजोको स्थायी कमिटीमा पनि छलफल भएको छ।’

शुक्रवार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले तत्काल मन्त्रिमण्डल विस्तार हुने सम्भावना नरहेको संकेत गरेका थिए। बैठकमा नेताहरुले वाम-लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने र सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गरिनुपर्नेमा जोड दिएका थिए।

बैठकमा पेस हुने प्रचण्डको राजनीतिक प्रतिवेदनमा राजनीतिक रुपमा निकटको दल कांग्रेस र प्रतिगामी दल केपी ओलीको एमाले उल्लेख गरिएको छ।

 बैठकमा सहभागी सबैको हलमा प्रेवश गर्नुअघि एन्टिजिन परीक्षण गरिएको थियो।



प्रकाशित: Aug 14, 2021| 12:36 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...