बुधबार, वैशाख २६, २०८१

त्रिवि उपकुलपति नियुक्ति

बधाई पाए बुढाथोकीले, नियुक्ति बराललाई

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस समितिले ८ फागुनमा तीन जनाको नाम कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझायो। समितिले प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा.डा. केशरजंग बराल र प्रा.डा. टंकनाथ धमलाको नाम दाहाललाई बुझाएको थियो।

triton college

शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा रहेको सिफारिस समितिले नाम सिफारिस गरेपछि प्रधानमन्त्री दाहालले तीनै मध्येबाट एक जनालाई उपकुलपति बनाउनुपर्ने थियो।

प्रधानमन्त्री दाहाल यसका लागि छलफलमा थिए। तर सामाजिक सञ्जालमा प्रा.डा. बुढाथोकीलाई बधाई र शुभकामना आउन थाल्यो। बधाई यति आउन थाल्यो कि प्रधानमन्त्रीले नै प्रष्टीकरण दिनुपर्ने भयो। ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन,’ गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले भने।

सामाजिक सञ्जालमा बधाई आएपछि बुढाथोकीले पनि आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका थिए। 

सिफारिस भएको पाँच दिनपछि आज बल्ल उपकुलपति नियुक्त भएका छन्। बधाई बुढाथोकीले पाए तर त्रिविको उपकुलपतिमा भने केशरजंग बराल नियुक्त भएका छन्। 

corrent noodles
Metro Mart

मेरिटका आधारमा पहिलो नम्बरमा बुढाथोकी, दोस्रोमा बराल र तेस्रोमा धमला थिए। बराल र बुढाथोकी दुवै माओवादी निकट रहेको त्रिविका प्राध्यापकहरू बताउँछन्। 

बराल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत हुन्। पोखरा विश्वविद्यालयमा रहँदा उनलाई भ्रष्टाचारको आरोप लागेको थियो। कलेजहरूलाई सम्बन्धन दिने क्रममा आर्थिक अनियमितता गरेको आरोप उनलाई लागेको थियो। तर, उनले यसमा सफाइ पाइसकेका छन्। 

उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा 'सर्टलिस्ट' मा १४ जना परेका थिए। शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवं प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ।

प्रकाशित: Feb 22, 2024| 17:47 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्