शनिबार, भदौ १३, २०८३

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजंग बराल नियुक्त

 |  बिहीबार, फागुन १०, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १०, २०८०

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन्।

त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन्। बराल पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति हुन्।

शिक्षामन्त्री अशोक राईको अध्यक्षतामा गठित छनोट समितिले बरालसहित तीन जनालाई नियु्क्तिका लागि सिफारिस गरेको थियो।

प्रकाशित: Feb 22, 2024| 16:41 बिहीबार, फागुन १०, २०८०
प्रतिक्रिया दिनुहोस्