बिहीबार, वैशाख ३१, २०८३

अमेरिकाको क्यालेन्डरमा नेपालका १२ सुन्‍दरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - आरएनआर ग्रुपले अमेरिकामा नेपालका सुन्दरीका तस्बिर समावेश गरिएको क्यालेन्डर सार्वजनिक गरेको छ। अमेरिकामा रहेर नेपाली कार्यक्रमहरु गर्दै आएको आरएनआरले नेपालका बाह्र सुन्दरी र अमेरिकाका केही सुन्दरीका तस्बिर समावेश गरेर क्यालेन्डर सार्वजनिक गरेको हो।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘क्यालेन्डर-२०१९’को क्यालेन्डरको अमेरिकामा कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ। क्यालेन्डरमा नेपाल र अमेरिकामा बसेर मोडलिङ गरिरहेका सुन्दरीका तस्बिर समावेश छन्।

क्यालेन्डरमा नेपालमा रहेर फोटोग्राफी गरिरहेका महेश प्रधान र अमेरिकामा बस्ने फोटोग्राफर विक्रान्तमान श्रेष्ठले खिचेका तस्बिर समावेश छन्। आरएनआर ग्रुपले नेपाली सुन्दरी पनि कम छैनन् भन्ने देखाउन क्यालेन्डरमा नेपाली सुन्दरीको तस्बिर समावेश गरिएको जनाएको छ।

क्यालेन्डरमा सन् २०११ की ‘मिस नेपाल युएस’ सुजिता बस्नेत, ‘मिस ग्लोबल क्विन २०१५’ जस्मिन गुरुङ, ‘मिस वर्ल्ड अमेरिका’को टप १० मा परेकी उषा गिरीको तस्बिर समावेश छ। 

मोडलहरु रोजी खाराना, सुनिक्षा मैनाली, स्वस्तिका प्रधान, न्यान्सी थापा, सिमरन चुडाल, दिपमाला ढकाल, श्रीया लोहनी, निकी आर्चाय, सम्पदा बानिया र नायिका सारा सिरपालीको तस्बिर क्यालेन्डरमा समेटिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्