शुक्रबार, जेठ १, २०८३

८३ वर्षीय धर्मेन्द्रको रोमान्स

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – बलिउड अभिनेता धर्मेन्द्रले शनिबार आफ्नो ८३ औं जन्मदिन मनाए। उनको जन्मोत्सवका तस्बिर छोरा बबी देओल र छोरी इशा देओलले सामाजिक सञ्जालमा पोस्ट गर्दै बुबालाई शुभकामना दिएका थिए। 

धर्मेन्द्रले आफ्नो परिवारका साथ जन्मोत्सव मनाएका थिए। उनको जन्मोत्सवका तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। ती तस्बिरमा हेमा मालिनीका साथ धर्मेन्द्र रोमान्टिक मुडमा रहेको देख्न सकिन्छ।

धर्मेन्द्र बलिउडमा करिब ५० वर्षभन्दा बढी समयदेखि काम गरिरहेका छन्। उनी रोमान्टिक, कमेडी, एक्सन आदि जस्तोसुकै फिल्ममा पनि कुशल भूमिका निर्वाह गर्न सक्छन्। उनले खेलेका सत्यकाम, अनुपमा, चुप चुप के, शोले, फूल और पत्थर, ब्लैकमेल, दोस्त और धर्मवीर जस्ता फिल्म बलिउडमा निकै चर्चित छन्। 

उनका फ्यानहरुले पनि विभिन्न ठाउँमा केक काटेर धर्मेन्द्रको जन्म दिन मनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्