बिहीबार, पुस २४, २०८२

क्यानडा एघारसँग नेपाल 'ए' पराजित

 |  आइतबार, फागुन ६, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ६, २०८०

काठमाडौं- एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ टोली क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ। 

National life

माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ले प्रस्तुत गरेको दुई सय १७ रनको लक्ष्य क्यानडाले ४९ दशमलव तीन ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ८० रनको योगदान दिए। उनले ७६ बल खेल्दै १० चौका र दुई छक्का प्रहार गरे। यसैगरी निखिल दत्तले ११५ बलमा पाँच चौका र एक छक्काको मद्दतमा अविजित ६७ रन बनाए। कप्तान साद बिन जफरले २३, श्रेयस मोम्भाले अविजित २२ तथा दिलप्रित बाज्वाले १० रन बनाए।

बलिङतर्फ नेपाल ‘ए’ का लागि साहब आलमले दुई तथा रासिद खान, बसिर अहमद, प्रतिश जिसी र सागर ढकालले एक एक विकेट लिए। 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले निर्धारित ५० ओभरको खेलमा आठ विकेट आठ गुमाउँदै दुई सय १६ रन बनायो। नेपाल ‘ए’ का लागि बसिर अहमदले ५५ बलमा तीन चौका र एक छक्काको मद्दतमा अविजित ५० रनको योगदान दिए। यसैगरी रासिद खानले ४०, मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ र सन्दीप जोराले १४ रन बनाए।

बलिङतर्फ क्यानडका लागि साद बिन जाफले तीन, ईश्वरजीत सोधीले दुई तथा डिलोन हेलिगर, हर्ष ठेकर र शाहिद अहमदजाइले एक एक विकेट लिए। उक्त शृङ्खलाको दोस्रो खेल यही फागुन ८ गते हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 18, 2024| 18:44 आइतबार, फागुन ६, २०८०
प्रतिक्रिया दिनुहोस्