मंगलबार, भदौ ३१, २०८२

निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा

 |  शनिबार, फागुन ५, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ५, २०८०

vianetvianet

पश्चिम नवलपरासी- पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको छ। 

Kumaribank

लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार निर्माण भइरहेको उक्त अस्पतालको हालसम्म भौतिक प्रगति ९५ प्रतिशत रहेको जनाइएको छ।

पचास शय्याको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जीबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो।

गत असार ३ गतेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएकामा कोभिडका कारण जनशक्ति तथा बालुवा र गिटीको अभावलगायत कारणले काम नसकिएपछि म्याद थप गरिएको निर्माण कम्पनीका इञ्जिनियर अरविन्द मण्डलले बताए। उनका अनुसार फागुन मसान्तसम्म उक्त भवन अस्पताल विकास समितिलाई हस्तान्तरण गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ। 

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले रु १९ लाख (भ्याटसहित) लागत लाग्ने अनुमान गरेको थियो। अनुमानित लागतभन्दा करिब ३३ प्रतिशत खर्च कम लाग्ने गरी अस्पतालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको मन्त्रालयले जनाएको छ।

Metro Mart

निर्माणाधीन नयाँ भवनको रङरोगन र फिनिसिङको काम भइरहेको इन्जिनियर मण्डल बताए। जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुँदा यहाँका नागरिक उपचारका लागि बुटवल, भैरहवा, भरतपुर र भारत पुग्ने गरेका थिए। 

.यो अस्पताल सञ्चालनमा आएसँगै यहाँका नागरिकको स्वास्थ्यमा पहुँच विस्तार हुनुका साथै समयमा नै उपचार सुविधा पाउने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताए। भौतिक पूर्वाधार काम सम्पन्न हुनेबित्तिकै फागुन अन्तिमदेखि नयाँ भवनबाट सेवा दिने लक्ष्य रहेको उनको भनाइ थियो।

प्रकाशित: Feb 17, 2024| 15:31 शनिबार, फागुन ५, २०८०
प्रतिक्रिया दिनुहोस्