शनिबार, भदौ १३, २०८३

लुम्बिनी प्रादेशिक अस्पतालमा एनजीओग्राम सेवा

 |  बिहीबार, फागुन ३, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ३, २०८०

काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालले बुधबारदेखि एनजीओग्राम सेवा सुरु गरेको छ। उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन्। 

एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो। सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ। 

लुम्बिनी प्रदेशमा पहिलो पटक यो सेवा सो अस्पतालमा सुरु भएको हो। यसअघि यो सेवा लिन त्यस भेगका जनता काठमाडौँ तथा भारत जानुपर्ने बाध्यता थियो। सेवा शुभारम्भ प्रादेशिक अस्पतालका डा अर्जुन बुढाथोकी र डा रोशन घिमिरेको नेतृत्वले गरेको हो। 

एनजीओप्लास्टी सेवा मुटुको धमनीमा जाली हाल्ने र पेसमेकर मुटुको चाललाई नियमित गर्न राखिने प्रविधि हो। 

प्रकाशित: Feb 15, 2024| 17:34 बिहीबार, फागुन ३, २०८०
प्रतिक्रिया दिनुहोस्