बिहीबार, असार ११, २०८३

किसानको आन्दोलनलाई लिएर भारतमा सुरक्षा व्यवस्था कडा

 |  मंगलबार, फागुन १, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १, २०८०

नयाँदिल्ली- दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ। सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी गरिएको छ।

National life

दिल्ली वरपरको अन्तर-राज्य सीमानाहरूमा भारी सुरक्षा तैनाथी  गरिएको छ सयौँ किसानहरू यी प्रवेश र निकास बिन्दुहरूमा चिसो जाडोको सामना गर्दै सडकहरूमा धर्नामा बसिरहेका छन्।

किसानले आफ्नो बालीको न्यूनतम समर्थन मूल्य वृद्धि, किसान र कृषि मजदुरलाई पेन्सन, कृषि ऋण माफी, विगतका आन्दोलनमा  लागेका प्रहरी मुद्दा फिर्ता गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन्।

उनीहरूले विभिन्न राज्यका करिब २०० किसान संघले मंगलबार दिल्लीमा आयोजना गरिने विरोध प्रदर्शनमा भाग लिने  बताएका छन्।

यसैबीच किसान युनियन र संघीय मन्त्रीहरूको समूहबीच समस्या समाधानका लागि वार्ता शुरु भएको बताइएको छ।

Shivam cement

-सिन्ह्वा

प्रकाशित: Feb 13, 2024| 20:21 मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्