बिहीबार, वैशाख ३, २०८३

नाइजेरियामा ३०७ जना अपहरणकारी पक्राउ

 |  मंगलबार, फागुन १, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १, २०८०

अबुजा- नाइजेरियाली प्रहरीले राजधानी अबुजाका विभिन्न ठाउँमा गरेको पछिल्लो छापामार कारबाहीका क्रममा ३०७ जना संदिग्ध अपहरणकारीलाई पक्राउ गरेको छ।

National life

संघीय राजधानी क्षेत्रका प्रहरी प्रमुख बेनेथ इग्वेहले पत्रकार सम्मेलनमा दिएको जनाकारी अनुसार खोजतलास अबुजाको देई-देई-जुबा अक्षको क्षेत्र गिदान डाम्बेमा गरिएको थियो। त्यस क्षेत्रमा छिमेकी नाइजरबाट शंकास्पद रूपमा अपहरणकारीहरूको बसोबास रहेको बताइएको छ।

‘त्यस क्षेत्रमा छापा मार्दा २९३ पुरुष र १४ महिला संदिग्ध अपरहणकारीहरूलाई पक्राउ गरिएको,’ इग्वेहले भनेका छन्।

संदिग्धहरूबाट हातहतियार र अन्य खरखजाना बरामद भएको बताइएको छ। प्रहरीले छापा मार्दा उनीहरूको साथबाट अवैध लागुऔषध तथा आपराधिक कार्यमा प्रयोग हुने मोटरसाइकल समेत फेला परेको छ।

-एएफपी

kumari

प्रकाशित: Feb 13, 2024| 22:25 मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्