सोमबार, मंसिर १, २०८२

मिस वर्ल्डमा ‘टप १२’ बनिन श्रृंखला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं–मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको प्रतिस्पर्धाबाट बाहिरिएकी छन्। टप पाँचको प्रतिस्पर्धामा श्रृंखला थाइल्याण्डकी सुन्दरीसँग पराजित भएकी हुन्। योसँगै उनले टप १२ मै चित्त बुझाउनु परेको छ। 

उनी टप १२ मा मात्रै पर्न सफल भएपनि प्रतिस्पर्धाभरी चर्चामा रहिन्। प्रतियोगिताको अन्तिम दिन शनिबार उनले गुन्यु चोली लगाएकी थिइन्। नेपालको चिनारी गुन्यु चोलीमा उनी अन्य प्रतिस्पर्धी भन्दा आकर्षक पनि देखिएकी थिइन्।

को हुन् श्रृंखला खतिवडा

श्रृंखला खतिवडा ‘मिस वल्र्ड नेपाल २०१८’ विजेता हुन्। हेटौडाकी खतिवडा २४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस वल्र्ड नेपाल’ भन्न सफल भएकी थिइन्। ‘मिस वल्र्ड नेपाल’ बन्न सफल खतिवडाले ‘मिस वल्र्ड २०१८’मा पनि प्रतिस्पर्धा गरिन्। प्रतिस्पर्धामा उनले सुभचिन्तकहरुको राम्रै साथ पाइन्।

खतिवडा राजनीतिक पृष्ठभूमि भएको परिवारकी छोरी हुन्। उनी नेकपाका नेता विरोध खतिवडा र आमा मुनु सिग्देलकी छोरी हुन्। उनका बुवा विरोध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधि सभा सदस्य हुन् भने आमा मुनु तत्कालिन नेकपा एमालेकी मकवानपुर अध्यक्ष तथा प्रदेश सभा ३ की सांसद् हुन्।

राजनीतिक पृष्ठमूमि र अध्ययनमा अब्बल भएका कारण पनि श्रृंखलाले मिस वल्र्ड जित्ने आशा गरिएको थियो। २३ वर्षीया श्रृंखलाले ललितपुरको पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसबाट आर्किटेक्ट इन्जिनियरिङमा स्नातक गरेकी छन्।

१२१ देशका सुन्दरीहरुबीच भएको प्रतिस्पर्धामा श्रृंखला ‘ब्यूटी विथ प्रपोज अवार्ड’ र ‘मल्टिमिडिया अवार्ड’ जिज्दै टप ३० (फाइनल राउन्ड)मा स्थान बनाएकी थिइन्। योसँगै उनको राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चा चुलियो। उनलाई प्रतिस्पर्धामा बलियो दावेदारका रुपमा उभ्याउन सुभेच्छुकहरुले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले देश विदेशबाट राम्रो हौसला पाएकी थिइन्। 

श्रृंखला अन्तिम ३० मा पर्न सफल भएसँगै उनका बुवा विरोध र आमा मुनुसहितको ३१ सदसीय टोली बिहीबार चीन गएको थियो ।

‘मिस वल्र्ड’को प्रतिस्पर्धामा अहिलेसम्म नेपालबाट बलियो दावेदारका रुपमा कोही पनि प्रस्तुत हुन नसकेकोमा श्रृंखलाको उपस्थितिले नेपालीहरुमा खुशीयाली छाएको थियो।

टप १२ बनेकी श्रृंखलालाई यतिबेला देशविदेशमा रहेका नेपालीले बधाई तथा शुभकाना दिइरहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्