मंगलबार, पुस १, २०८२

नवाज शरीफले भने- मिलेर सरकार बनाउन तयार छौँ

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

इस्लामावाद- पाकिस्तानमा बिहीबार ८ फेब्रुअरीमा भएको आम निर्वाचनको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले समर्थन गरेका उम्मेदवारले २६६ सदस्यीय नेसनल एसेम्बलीमा ९१ सिट जितेका छन्।

National life

योसँगै नवाज सरिफको नेतृत्वमा रहेको पाकिस्तान मुस्लिम लिग–नवाजले ७१ सिट जितेको छ। त्यस्तै पाकिस्तान पिपुल्स पार्टीले करिब ५३ सिट जितेको छ।

इमरान खानले समर्थन गरेका अधिकांश उम्मेदवारहरू खैबर-पख्तुनख्वाका हुन्।  सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य पञ्जाबमा नतिजा आउन जारी छ।

लाहोरको एनए-१३० सिटबाट ठुलो मतान्तरले चुनाव जितेका नवाज शरीफले शुक्रबार साँझ आफ्नो पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गरे। समाचार एजेन्सी रोयटर्सका अनुसार नवाज शरीफले आफ्नो पार्टीले यस चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको दाबी गरेका छन्।

उनले आफ्नो पार्टीले कति सिट जितेका छन् भन्ने खुलाएका छैनन्। तर निर्वाचन आयोगका अनुसार उनको पार्टीले ७१ सिट प्राप्त गरेको छ।

Laxmi sunrise bank
kumari

उनले आफ्नो पार्टीसँग आफ्नै बलमा सरकार बनाउनका लागि पर्याप्त सिट नरहेको समेत बताए। त्यसैले शहबाज सरिफलगायत उनको पार्टीका नेताहरूले पीपीपीका आसिफ अली जरदारी र एमक्यूएमलगायत अन्य दलका नेताहरूसँग भेट गर्नेछन्।

यस चुनावमा पीटीआई प्रमुख इमरान खानलाई उठ्न दिइएन। उनको पार्टीलाई सार्वजनिक सभा पनि आयोजना गर्न दिइएन। यस्तो अवस्थामा पीटीआईका धेरै उम्मेदवारहरूले स्वतन्त्र उम्मेदवारका रूपमा यस निर्वाचनमा भाग लिएका छन्। पाकिस्तानमा स्वतन्त्र उम्मेदवारको रूपमा विजयी हुनेहरूले आफ्नो जितको ७२ घण्टाभित्र पार्टीलाई समर्थन दिनुपर्छ।

प्रकाशित: Feb 10, 2024| 11:00 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्