बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चुनावी जितको बधाई दिँदै इमरान खानले भने - लण्डन योजना असफल भयो

चुनावी जितको बधाई दिँदै इमरान खानले भने - लण्डन योजना असफल भयो

 |  शनिबार, माघ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २७, २०८०

काठमाडौं- पार्टी प्रमुख तथा पूर्व प्रधानमन्त्री इमरान खानले पाकिस्तानको आम चुनावमा पीटीआई समर्थित उम्मेदवारको ठूलो जितबारे वक्तव्य जारी गरेका छन्।

National life

तर, इमरान खान अहिले भ्रष्टाचारको मुद्दामा जेलमा रहेकाले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत यो बयान दिइएको हो। पूर्वप्रधानमन्त्रीको पार्टी पीटीआईले सोसल मिडिया साइट एक्समा आफ्नो आवाजमा यो वक्तव्य जारी गरेको हो।

यस सन्देशमा अदियाला जेलमा बन्दी इमरान खानले भनेका छन्, ‘भोट गरेर तपाईंले साँचो स्वतन्त्रताको जग बसाल्नुभयो। म तपाईंलाई २०२४ को चुनाव जितेकोमा बधाई दिन्छु।’

उनले अगाडि भनेका छन्, ‘तपाईंको भोटका कारण लन्डन योजना असफल भयो।’ इमरान खानको सन्देशमा पूर्वप्रधानमन्त्री नवाज शरिफविरुद्ध टिप्पणी गर्दै ‘३० सिट पछाडि भए पनि विजयी भाषण दिएको’ भनेका छन्। 

इमरान खानले दाबी गरेका छन्, ‘धाँधली सुरु हुनुअघि हामीले राष्ट्रिय सभामा १५० सिट जितेका थियौँ।’ 

Shivam cement

 

प्रकाशित: Feb 10, 2024| 10:01 शनिबार, माघ २७, २०८०
प्रतिक्रिया दिनुहोस्