काठमाडौं – चीनमा भइरहेको विश्व सुन्दरीहरुको प्रतिस्पर्धा ‘मिस वर्ल्ड २०१८’ को घोषणा भइरहेको छ। अहिले घोषणा समारोह चलिरहेको छ।
मिस वर्ल्डको प्रतिस्पर्धामा नेपाली प्रतिस्पर्धी श्रृंखला खतिवडा पनि सहभागी छिन्। श्रृखलाले ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ पर्पस’ हात पार्दै अन्तिम ३०मा आफ्नो स्थान सुरक्षित बनाएकी छन्।
नेपाली सयम अनुसार बेलुका पाँच बजेपछि ‘मिस वर्ल्ड’को घोषणा हुनेछ। यो ‘मिस वर्ल्ड’ को ६८ औं संस्करण हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४