सोमबार, मंसिर १, २०८२

नेपालबाटै यसरी हेर्न सकिने छ मिस वर्ल्ड घोषणाको लाइभ  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – चीनमा भइरहेको विश्व सुन्दरीहरुको प्रतिस्पर्धा ‘मिस वर्ल्ड २०१८’ को घोषणा शनिबार साँझ हुने भएको छ। मिस वर्ल्डमा नेपाली प्रतिस्पर्धी श्रृंखला खतिवडा पनि सहभागी छिन्। ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विथ अ पर्पस’ हात पार्दै अन्तिम ३०मा आफ्नो स्थान सुरक्षित बनाएकी नेपाली चेली श्रृंखलालाई पनि उपाधिको बलियो दाबेदारको रुपमा हेरिएको छ।

१२१ देशका प्रतिस्पर्धीहरु मध्येबाट अन्तिम  ३० मा छोनोट प्रतिस्पर्धीहरुबाट आज एक जना ‘मिस वर्ल्ड २०१८’ घोषणा गरिने छ। नेपाली चेली श्रृंखला पनि प्रतिस्पर्धामा रहेकाले संसारभरका नेपालीहरु नजिता घोषणाको ब्यग्र प्रतिक्षामा छन्।

ब्यग्र प्रतिक्षामा रहेका सुभचिन्तकहरुलाई ‘मिस वर्ल्ड’ घोषणाको प्रत्यक्ष प्रसारण कसरी हेर्ने भन्ने लागेको हुन सक्छ। जसका लागि ‘मिस वर्ल्ड २०१८’को युट्युव च्यालन मार्फत लाइभ हेर्न सकिने व्यवस्था मिलाइएको छ। नेपालीहरुले पनि सोही च्यानलमार्फत लाइभ हेर्न सक्नेछन्। 

नेपाली सयम अनुसार बेलुका पाँच बजेपछि ‘मिस वर्ल्ड’को घोषणा हुनेछ। यो ‘मिस वर्ल्ड’ को ६८ औं संस्करण हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्