शनिबार, मंसिर १३, २०८२

पर्वतारोहीलाई पुनर्ताजगी तालिम

पर्वतारोही तथा चट्टान आरोहीलाई नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेश समितिले शुक्रबार पुनर्ताजगी तालिम प्रदान गरेको छ।
 |  शनिबार, साउन ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३०, २०७८

पोखरा- पर्वतारोही तथा चट्टान आरोहीलाई नेपाल पर्वतारोहण संघ (एनएमए) गण्डकी प्रदेश समितिले शुक्रबार पुनर्ताजगी तालिम प्रदान गरेको छ। 

National life

पोखराको खहरेमा रहेको विस स्पोटर्स इन्डोर हबमा दुई दिनसम्म ‘बोल्डरिङ’ तथा ‘वाल क्लाइम्बिङ’ तालिम भएको हो।

तालिममा सहभागीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउन्टेन गाइड प्रशिक्षक प्रेम गुरुङ र सहायक प्रशिक्षक राम गुरुङले अप्ठ्यारा पहाड, खोच र हिमालमा अपनाउनुपर्ने सुरक्षा सतर्कताका बारेमा तालिम प्रदान गरेका थिए। तालिमस्थलमा रहेको कृत्रिम पर्खालमा डोरी बिना चढ्ने, डोरीको सहायताबाट झर्ने, आरोहणका क्रममा अप्ठ्यारोमा फसेकाको उद्धार गर्नेलगायतका विधिबारे सिकाइएको थियो।

 बिहीबार र शुक्रबार भएको तालिममा गत माघमा मुस्ताङको धम्पुस पिक  आरोहण गरेका र तनहुँको विमलनगरमा रक क्लाइबिङमा भाग लिएका गरी १५ जनाको सहभागिता रहेको थियो। 

सहभागीलाई प्रमाणपत्र वितरण गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकलाई सुरक्षित महसुस गराउन र पर्वतारोही स्वयंको सुरक्षामा तालिम लाभदायी हुने बताए। एनएमए गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले सैद्धान्तिक मात्र नभई व्यावहारिकरुपमा समेत सीपयुक्त बनाउन तालिम आयोजना गरेको बताए। 

Laxmi sunrise bank
kumari

उनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयभित्रै कृत्रिम पर्खाल बनाएर व्यवस्थित बनाए पर्वतारोहणको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए। उनले भने, ‘गण्डकी प्रदेशका हिमाल आरोहण प्याकेज अहिले काठमाडौंले बेचिरहेको छ, पोखरामै तालिम केन्द्र बन्न सके यहींको व्यवसायी, गाइड र मजदूरले लाभ लिन सक्छन्।’ तालिम संयोजक कृपाकुमार गुरुङले  प्रवर्द्धनात्मक हिमाल आरोहणमा सहभागी हुनेलाई तालिम फलदायी हुने बताए। राससबाट

प्रकाशित: Aug 14, 2021| 10:20 शनिबार, साउन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।