बिहीबार, असार ५, २०८२

नेपाल आइडलमा 'खुसी छु म आज' गाएका  अमित ‘भक्कानिँदै' बाहिरिए 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं- निकै सुमधुर आवाजमा खुशी छु म आज बोलको गित गाएका अमितलार्क्ष थाहा नै थिएन, यसरी बाहिरिनुपर्छ भनेर। एपीवान टेलिभिजबाट प्रसारण भइरहेको नेपाल आइडल-२ को टप फाइभबाट बुटवलका अमित बराल बाहिरिंदा निकै भक्कानिए। 

स्क्रिनमा प्ले भइरहेको विगतलार्इ आँखाबाट छचल्काउँदा उनी निकै भावुक बने। गला अवरुद्ध भयो। हरेक साता आम दर्शकको भोट र जजको मूल्याकंनका आधारमा एक जना बाहिरिने नियमानुसार अमित बाहिरिएका हुन्। 

शुक्रबार प्रसारित कार्यक्रममा उनले मीनराज पौडेलसँगै ‘खुसी छु म आज’ बोलको गीत गाएका थिए। बिहीबारको कार्यक्रममा उनले ‘कहिले आउँछ होला त्यो दिन’ बोलको गीतमा स्वर दिएका थिए।

बरालले नेपाल आइडलका पछिल्ला कार्यक्रममा दमदार प्रस्तुति दिएर सबैको मन जितेका थिए। अघिल्लो इपिसोडमा पुस्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाएपछि उनको लोकप्रियता चुलिएको थियो। पुस्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा बढेको थियो।

कार्यक्रमका अतिथिका रूपमा चलचित्र निर्देशक नीर शाह र गीतकार दिनेश अधिकारी उपस्थित थिए। अतिथि कलाकारका रूपमा चलचित्र ‘सु श्री सम्पत्ति’का कलाकार सलोन बस्नेत र सारा सिर्पाइली तथा चलचित्र निर्देशक सुव्रत आचार्य उपस्थित थिए । 

निकै सुमधुर आवाजमा ‘पर्खिबसेँ’ बोलको गीत गुनगुनाउँदै कार्यक्रमको दैलो उघारे सुमित पाठक र दीपराज खत्रीले। शुक्रबारको कार्यक्रममा प्रतियोगीलाई साथ दिन टप ट्वान्टीभित्र परेका केही प्रतिस्पर्धी मञ्चमा उपस्थित थिए। ‘बोल बोल’ बोलको गीतमा आफ्नो प्रियलाई बोल्न अनुरोध गर्दै मञ्चमा देखा परिन् अस्मिता अधिकारी र स्वस्तिका ढकाल। उनीहरूको आवाजमा सबैजना झुमिरहेका थिए।

‘आँखामा कसैको तस्बिर’ भन्ने गीतमा रोमान्टिक हाउभाउका साथ उपस्थित थिए, रवि ओड र सुमन परियार। शुक्रबारको कार्यक्रममा सबैजनालाई गीतको ‘लिरिक’ बिगारेको आरोप लागेको थियो। यस्तै ‘मेरी वसन्ती’ बोलको निकै पुरानो गीतमा आफ्नो दमदार आवाज दिएका थिए, विक्रम बराल र मिलन परियारले।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्