मंगलबार, पुस १, २०८२

नामिबियाका राष्ट्रपति जिन्गोबको निधन

 |  आइतबार, माघ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २१, २०८०

काठमाडौं- नामिबियाका राष्ट्रपति हागे जी. जिन्गोबको निधन भएको छ। राष्ट्रपति गिन्गोबको आइतबार बिहान राजधानी वाइन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। ८२ वर्षीय राष्ट्रपति गिन्बोब क्यन्सर रोगबाट पीडित थिए।

National life

‘अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँदछौँ– प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपतिको आज आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ’ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति सङ्घर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाली जनताको घरको स्तम्भ गुमाएको छ।’

शनिबारमात्रै उपराष्ट्रपति नान्गोलो म्बुम्बाले राजधानी शहर वाइन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थीर अवस्थामा रहेको जनाकारी गराएका थिए।
 

प्रकाशित: Feb 04, 2024| 21:40 आइतबार, माघ २१, २०८०
प्रतिक्रिया दिनुहोस्