आइतबार, फागुन १७, २०८२

सिड्नीबाट एक करोड ४७ लाख अमेरिकी डलरबराबरको कोकिन बरामद

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

पेरिस- अस्ट्रेलियाको न्यु साउथ वेल्स प्रहरी बलले सिड्नीको पश्चिमी क्षेत्रबाट दुई करोड २५ लाख अस्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर)बराबरको १५ किलो कोकिन बरामद गरेको जनाएको छ।

स्थानीय समयानुसार शुक्रबार दिउँसो गुप्तचर प्रहरी डुलविचहिलस्थित घरमा प्रतिबन्धित लागुपदार्थको आपूर्तिबारे सोधपुछका निम्ति पुगेका थिए। घटनास्थलमा पक्राउ पर्नुअघि एक व्यक्तिले गाडीको बुटबाट एउटा झोला निकालेका थिए। अधिकारीहरूले उक्त झोलामा एक किलो कोकिनको ‘ब्लक’ फेला पारेका थिए।

स्थानीय समयानुसार बेलुका ५ बजेपछि ड्रममोइनस्थित परिसरमा पक्राउ पुर्जी जारी गरी २२ वर्षीय ती युवकलाई नजिकैको प्रहरीचौकीमा लगिएको थियो।

ग्यारेजमा खानतलासी गर्दा थप १४ किलो कोकिन फेला परेको थियो।  बरामद कोकिनको कुल मूल्य दुई करोड २५ लाख अस्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर) हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

उनलाई ठूलो व्यावसायिक मात्रामा उक्त प्रतिबन्धित सामान आपूर्ति गरेको दुई अभियोग लगाइएको थियो। उनलाई दुईपटक जमानत दिन अस्वीकार गरिएको छ। उनी अप्रिलमा स्थानीय अदालतमा उपस्थित हुने गरी हिरासतमा रहनेछन्।

kumari

प्रकाशित: Feb 03, 2024| 20:35 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्