मंगलबार, पुस १, २०८२

अमेरिकाले गर्‍यो इराक र सिरियामा हवाई आक्रमण

 |  शनिबार, माघ २०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, माघ २०, २०८०

वासिङटन- जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक हमलाको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन्।

National life

एबीसी न्युजले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, 'जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा आइतबार ड्रोन आक्रमण गरेपछि इरान समर्थित लडाकुविरुद्ध जवाफी हवाई आक्रमण हुन सक्ने सम्भावना छ।'

अमेरिकी समाचार संस्था एपीका अनुसार मानवसहित र मानवरहित विमानले कमान्ड एन्ड कन्ट्रोल हेडक्वार्टर, गोलाबारुद भन्डारण र अरू सुविधामा आक्रमण गरेका छन्। ह्वाइट हाउसले ड्रोन आक्रमणका निम्ति इस्लामिक रेजिस्टेन्स इन इराक नामक छाता समूह जिम्मेवार रहेको जनाएको छ।

रणनीतिक सञ्चारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले ह्वाइट हाउसको नियमित पत्रकार सम्मेलनमा ४० जनाभन्दा बढी अमेरिकी सैनिक घाइते भएको उक्त घटना इस्लामिक रेजिस्टेन्स इन इराकले स्रोत–साधन र सहयोग गरेको योजनाबद्ध आक्रमण भएको बताए। 

संयुक्त राज्य अमेरिकाले इजरायल–हमास द्वन्द्वपछि यस क्षेत्रमा अमेरिकी सैनिक र सैन्य सुविधामा बारम्बार आक्रमण गरेको आरोप लगाउँदै आएको कातैब हिजबुल्लाह सिरिया र इराकमा सक्रिय एक लडाकु समूह हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 03, 2024| 19:45 शनिबार, माघ २०, २०८०
प्रतिक्रिया दिनुहोस्