मंगलबार, चैत २४, २०८२

आज युभेन्टसले बलियो टोली मिलनसँग भिड्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- इटालियन सिरी ‘ए’ लिग अन्र्तगत शुक्रबार राति युभेन्टसले इन्टर मिलानको सामना गर्दै छ । लिगको शिर्ष स्थानमा रहेका युभेन्टस र तेस्रो स्थानमा रहेको मिलान भिड्न लागेका हुन् । 

त्यस्तै पनि यो खेल निकै नै समर्थकका लागि पनि रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ । क्रिस्टियानो रोनाल्डो इटाली पुगेयता लिगमा बलियो टोलीविरुद्ध पहिलोपटक खेल्न लागेकाले पनि यो खेल धेरै रोमाञ्चक हुने अनुमान लगाइएको छ । 

अझ भन्ने हो भने युभेन्टसले लिगमा अपराजित छ । मिलान युभेन्टसको अपराजित यात्रा रोक्दै आफ्नो अंक तालिकामा सुधार गर्ने दाउँमा रहने छ । 

तर, युभेन्टस लिगमा अपराजित रहेकाले आफ्नो घरमा घरेलु समर्थकबीच राम्रो नतिजा निकाल्ने दाँउमा हुने छ । यस खेलमा मुख्य गरि युभेन्टसका रोनाल्डो र मिलानका माउरो इकार्डी केन्द्रमा हुनेछन् । 

दुवै स्टार खेलाडी त्यसमा पनि दुवै पछिल्ला दिनमा लयमा रहेकाले आज उनीहरू आ-आफ्नो टोलीका लागि बलियो हतियार हुनेछन् । खेल युभेन्टसको घरेलु मैदान टुरिनामा नेपाली समय अनुसार राति १:१५ बजेबाट सुरु हुनेछ ।  

युभेन्टस १४ खेल खेलसक्दा १३ मा जित र एक मा बराबरी खेल्दै ४० अंककासाथ शिर्ष स्थानमा छ । यता, मिलान भने समान १४ खेल सकिँदा १० खेल मात्रै जितेको छ । २ खेलमा हार र २ खेल बराबरी खेल्दै २९ जोडेर तालिकाको तेस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।