शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनमा रुसी ड्रोन आक्रमणपछि ४० हजार मानिस विद्युत्विहीन

युक्रेनमा रुसी ड्रोन आक्रमणपछि ४० हजार मानिस विद्युत्विहीन

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

युक्रेन- युक्रेनले दुई दर्जन रूसी ड्रोनको आक्रमणले देशको मध्य भागमा रहेको ऊर्जा पूर्वाधारमा क्षति पुर्‍याएपछि दशौँ हजार मानिस विद्युत्विहीन भएको शुक्रबार जनाएको छ।

National life

स्थानीय समयअनुसार शुक्रबार रातिमा गरिएको आक्रमणले गत हिउँदमा रूसी सेनाले गरेको योजनाबद्ध बमबारीलाई प्रतिध्वनित गरेको र यसले युक्रेनमा दशौँ हजार मानिसहरूलाई बिजुली, तातो वा पानीविहीन बनाएको छ। 

मस्कोले युक्रेनमा २४ वटा इरानी डिजाइनका ड्रोन प्रक्षेपण गरेपछि निप्रोपेत्रोभ्स्क क्षेत्रमा विद्युतीय सुविधाहरू क्षतिग्रस्त भएको युक्रेनी राष्ट्रिय ऊर्जा प्रदायकले जनाएको छ। 

'आक्रमणका कारण ४० हजारभन्दा बढी ग्राहकहरूको लागि बिजुली कटौती भएको छ,' यस क्षेत्रका प्रमुख सेर्गी लिसाकले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। दुई खानीहरू बिजुलीविहीन भएका छन्। 

ऊर्जा सेवा प्रदायक युक्रेनेर्गोले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिग शहरमा रहेको आफ्नो एउटा सबस्टेसनमा आक्रमणका क्रममा क्षति पुगेको जनाएको छ। जमिनमुनि फसेका करिब १०० जना मजदुरलाई सकुशल बाहिर निकालिएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्।

Shivam cement

लिसाकका अनुसार पोक्रोभ्स्के गाउँमा रूसी गोलाबारीमा ३७ वर्षीय एक व्यक्ति घाइते भएका छन्। यसैबीच उत्तरपूर्वी खार्किभ क्षेत्रका करिब ६४ वटा शहर र बस्तीमा रूसी सेनाको गोलाबारीका कारण विद्युत् आपूर्ति हुन नसकेको अधिकारीहरुले बताएका छन्।

प्रकाशित: Feb 02, 2024| 18:40 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्