मंगलबार, पुस १, २०८२

पाकिस्तानमा सैन्य कारबाहीमा परी दुई विद्रोहीको मृत्यु

 |  शुक्रबार, माघ १९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ।

National life

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बिहीबार विज्ञप्तिमार्फत् सुरक्षा बलले प्रान्तको डेरा इस्माइल खान जिल्लामा आतङ्कारीहरूको उपस्थितिमा गुप्तचर आधारमा सुरक्षा कारबाही गरेको थियो।

कारबाहीको क्रममा आतङ्कवादी र सैनिकहरूबीच तीव्र गोलीबारी भएको थियो।

गोलाबारीमा दुई विद्रोही मारिएको तथा ठूलो मात्रामा हतियार, गोलाबारुद र विस्फोटक पदार्थको पनि बरामद गरिएको आईएसपीआरले जनाएको छ।   -सिन्ह्वा

प्रकाशित: Feb 02, 2024| 19:21 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्