आइतबार, भदौ २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायली सेनाद्वारा गाजा कारबाहीका क्रममा गिरफ्तार ११४ प्यालेस्टिनी रिहा

इजरायली सेनाद्वारा गाजा कारबाहीका क्रममा गिरफ्तार ११४ प्यालेस्टिनी रिहा

 |  शुक्रबार, माघ १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १९, २०८०

vianetvianet

किभ- प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले बिहीबार जनाएको छ। 

Kumaribank

गाजाको सीमा सुरक्षा अधिकारीका प्यालेस्टिनी सुरक्षा स्रोतले सिन्ह्वालाई बताए अनुसार रिहा गरिएका केही प्यालेस्टिनीको स्वास्थ्य अवस्था बिग्रँदै गएको कारण राफाह सहरको नज्जर अस्पतालमा लगिएको छ।

‘युरो–मेड ह्युमन राइट्स मोनिटर’का अनुसार गाजा पट्टीमा आफ्नो स्थल अभियानको क्रममा इजरायली सेनाले सयौं प्यालेस्टिनीहरूलाई पक्राउ गरी अज्ञात स्थानहरूमा राख्दै आएको थियो। 

अस्पतालमा सिन्ह्वाका प्रतिनिधिले भेटेका केही कैदीहरूलाई नजरबन्दको क्रममा कुटपिट, अपमान र यातना दिइएको बताएका छन् तर उनीहको दावीलाई स्वतन्त्ररूपमा पुष्टि भने गर्न सकिएको छैन।

प्रकाशित: Feb 02, 2024| 17:35 शुक्रबार, माघ १९, २०८०
प्रतिक्रिया दिनुहोस्