बुधबार, चैत १८, २०८२

इचंखु नारायणमा कराते अर्को साता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- इचंखु नारायण कराते डो र इचंखु सामुदायीक खेलकुद विकास समाज, नागार्जुनको संयुक्त आयोजनामा दोश्रो नागार्जुन मेयर कप कराते प्रतियोगिता २८ र २९ मंसिरमा हुने भएको छ । 

डोको २२ औ बार्षिक उत्सबको अबसरमा डोजोको हलमा आयोजना हुने प्रतियोगितामा १५ भन्दा बढी टोलीका खेलाडीहरुको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष बाबुराम लामाले जानकारी दिए । 

यसैगरी, उनले आमन्त्रीत टोलीका रुपमा भक्तपुर, ललीतपुर,नुवाकोट, काभ्रेपलान्चोक र लमजुंगका टोलीसंग समेत सम्पर्क भइसकेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगिता संयोजक सन्तोष चाम्लीङले प्रतियोगितामा कुमुते तर्फ पुरुष र महिलाका ९/९ स्पर्धा समाबेश गरिएको बताए । चाम्लीङले खेल बिश्व कराते महासंघ(डब्लुकेएफ)को नियम अन्तरगत रहेर खेलाइने पनि उनले जानकारी दिए ।

यसैगरी, महिला र पुरुषका एकल काता पनि समाबेश गरिएका छन् । प्रतियोगिताको अनुमानीत लागत ८ लाख रुपैया रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजक नागार्जुन नगरपालीका रहेको छ । नेपाल कराते महासंघका रेफ्रि काउन्सील सचिव समेत रहेका एकेएफ रेफ्रि छत्र आलेको नेतृत्वमा रहेको टोलीले  सम्पूर्ण प्राबीधीक जिम्मेवारी सम्हाल्ने छ ।

बि.स २०५३ मा स्थापीत यस डोजोले विगतमा थुप्रै प्रतियोगिता आयोजना गर्नुका साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको छ । डोका सदस्य कृष्ण थापाले भौतीक संरचनामा यो डो उत्कृष्ट भएको बताउदै राष्ट्रिय स्तरमा परिचित गराउन समेत प्रतियोगिता महत्वपूर्ण हुने बिश्वास ब्यक्त गरे । पत्रकार भेटघाट कार्यक्रममा बरिष्ठ कराते प्रशिक्षकहरुको उपश्थिती थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।