काठमाडौं- १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल माघ पहिलो साताबाट हुने भएको छ । भलिबल लिग माघ ५ गते देखि १९ गते सम्म चल्ने आयोजकले एक कार्यक्रमको आयोजना गरि जानकारी दिएको हो ।
कुल अनुमानित लागत ५० लाख लाग्ने प्रतियोगितामा ११ टिमको सहभागिता रहने छ । प्रतियोगितामा एपिएफ क्लब, न्यु डायमण्ड एकेडेकी, नेपाल पुलिस क्लब, पोखर, चितवन टाइगर्स, थ्री स्टार एकेडेमी, पारामाउण्ट एकेडेमी, सेव स्कुल र थाहा नगरपालिका मकवानपुरको सहभागिता रहने आयोजक तथा ढोरपाटन भलिबल क्लबका अध्यक्ष मनविर छन्त्यालले जानकारी दिए ।
प्रतियोगिताको विजेता टोलीले तीन लाख ५० हजार प्रप्त गर्ने छ भने दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनले ४० हजार, छैठौं हुनेले ३० हारजार र सातौं हुने टोलीले २० हजार नगत पुरस्कार प्राप्त गर्ने छन् ।
व्यक्तीगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर आफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १-१ थान स्कुटर पाउने छन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट कोचले समान ६-६ हजार नगत प्राप्त गर्ने आयोजकले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४