काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे बोलाइएको छ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। यसका साथै समसामयिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने छ।