मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकी सैनिक मारिएपछि बाइडेनले भने - इरानसँग युद्ध चाहेका छैनौं 

अमेरिकी सैनिक मारिएपछि बाइडेनले भने - इरानसँग युद्ध चाहेका छैनौं 

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

काठमाडौं- अमेरिकाले राष्ट्रपति जो बाइडेन प्रशासनले इरानसमर्थित मिलिसियाहरूलाई जिम्मेवार ठहराएको ड्रोन आक्रमणमा मध्यपूर्वमा तीन अमेरिकी सैनिक मारिएपछि संयुक्त राज्य अमेरिकाले इरानसँग युद्ध नगर्ने बताएको छ।

National life

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्मा रणनीतिक सञ्चारका लागि संयोजक जोन किर्बीले अमेरिकाले इरानसँग युद्ध नखोजेको बताएका हुन्। उनले सैनिक मृत्यु प्रकरण निन्दनीय रहेको भन्दै अब पुनः गल्ती नगर्न आग्रह गरेका छन्।

राष्ट्रपति बाइडेनले संयुक्त राज्यले आक्रमणका जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्ने जनाएका छन्। किर्बीको टिप्पणीपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफूहरुले द्वन्द्वलाई फैलिनबाट रोक्न चाहेको बताएका छन्।

सिरियासँगको सीमानजिकै उत्तरपूर्वी जोर्डनमा तैनाथ अमेरिकी सेनालाई लक्षित गरी शनिबार राति भएको ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अन्य ४० जनाभन्दा बढी घाइते भएको पेन्टागनले जनाएको छ। पेन्टागनले सोमबार मारिएका तीन सैनिकको पहिचान गरेको छ। ती सबै अमेरिकी सेनाको रिजर्भ इकाईका सदस्य थिए।

प्रकाशित: Jan 31, 2024| 16:38 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्