शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान दम्पतीलाई १४ वर्षको जेल सजाय

 |  बुधबार, माघ १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, माघ १७, २०८०

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई अदालतले १४ वर्षको जेल सजाय सुनाएको छ। केही दिनअघि इमरान खानलाई साइफर मुद्दामा १० वर्षको जेल सजाय सुनाइएको थियो।

triton college

बुशरा बिबीले सजायपछि आत्मसमर्पण गरेकी छिन्। सन् २०२२ मा विपक्षी दलहरूले इमरान खानलाई प्रधानमन्त्री पदबाट हटाएका थिए। उनी यसअघि नै भ्रष्टाचारको मुद्दामा दोषी पाइएपछि तीन वर्षको जेल सजाय काटिरहेका छन्।

मंगलबार इमरान खानलाई राष्ट्रिय गुप्तचर सूचना चुहावट गरेको आरोपमा सजाय सुनाइएको थियो। यसैबिच आज उनलाई भ्रष्टाचारको मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ।

इमरान खानले आफूविरुद्धका अधिकांश मुद्दा राजनीतिक रूपमा प्रेरित रहेको बताउँदै आएका छन्। इमरान खानलाई यो सजाय पाकिस्तानमा आम चुनाव हुनु केही साताअघि भएको हो। इमरान खानलाई यसअघि नै चुनाव लड्न प्रतिबन्ध लगाइएको थियो।

इमरान खान गत वर्ष अगस्टमा पक्राउ परेदेखि जेलमा छन्। सुनुवाइका क्रममा उनकी श्रीमती बुशरा बिबीलाई हिरासतमा राखिएको थियो। दुवैले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहार व्यक्तिगत फाइदाका लागि बेचेको आरोप छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jan 31, 2024| 13:02 बुधबार, माघ १७, २०८०
प्रतिक्रिया दिनुहोस्