शनिबार, वैशाख १५, २०८१

किसान आन्दोलनका कारण पेरिसका मुख्य राजमार्ग अवरुद्ध

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

पेरिस– फ्रान्सेली किसानहरूले मुख्य शहरका राजमार्गहरू अवरुद्ध गरेका छन्। मुद्रास्फीति र सस्तो आयातबाट प्रतिस्पर्धाको चिन्तालाई लिएर सरकारसँग असन्तुष्ट किसानहरूले मुख्य राजमार्गमा ट्रयाक्टर राखेर अवरुद्ध गरे पछि दैनिक जनजीवन कष्टकर बनेको छ। जुन आन्दोलनका कारण फ्रान्सको राजधानी पेरिस वरपरका प्रमुख राजमार्गहरू अवरुद्ध भइरहेका छन्।

triton college

केही दिनदेखि  फ्रान्सेली किसान प्रदर्शनकारीहरूले राम्रो पारिश्रमिक र थोरै वातावरणीय नियमहरूको माग गरिरहेका छन्, जो नहुदाँ तिनीहरूको जीविकोपार्जनलाई नै असर गरिरहेको उनीहरूले जनाउँदै आएका छन्।

आन्दोलनरत किसानहरूले पेरिसको महत्त्वपूर्ण सडकका आठ चोक पोइन्टमा अवरुद्ध गरेका छन्।  यसैबीच, मूल्यवृद्धिबाट बच्न सावधानी अपनाएको सरकारले कृषि डिजेलमा दिइने अनुदान घटाउने योजना बिस्तारै खारेज गर्दै वातावरणीय नियमलाई सहज बनाउने वाचा गरेको छ।

सरकारले यो पनि भनेको छ कि यसले आफ्नो युरोपेली संघका साथीहरूलाई बाँझो खेती जग्गामा नियमहरू सहज बनाउन सहमत हुन दबाब दिनेछ।

युरोपियन युनियनका अनुदानहरू प्राप्त गर्नका लागि कृषकहरूले निश्चित सर्तहरू पूरा गर्नुपर्नेछ, जस्तो कि प्रकृति पुनः प्राप्ति गर्न सक्ने गैर उत्पादक क्षेत्रहरूमा ४ प्रतिशत खेतीयोग्य जमिन छुट्याउनु पर्ने आवश्यकता समेत समावेश गरिएको छ।

corrent noodles
Metro Mart

तर कृषक सङ्गठनहरूले योजनालाई अझ अगाडि बढाउनु पर्ने बताएका छन्। ‘यस चरणमा, हामी के चाहन्छौँ भने सरकार माथि अझ दबाब बढाउनु हो,’ प्रभावशाली किसान युनियनका प्रमुख अर्नाउड रुसोले स्थानीय मिडियासँग भनेका छन्।

प्रकाशित: Jan 30, 2024| 20:50 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्