शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • इरानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता 

इरानसँग द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिबद्धता 

 |  मंगलबार, माघ १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १६, २०८०

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री अनवर-उल-हक काकरले इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्न आफ्नो देशको दृढ प्रतिबद्धता रहेको जनाएका छन्।

triton college

इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको भेटमा प्रधानमन्त्री काकारले अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरू विशेष गरी दुवै देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मानमा आधारित सहकार्य र सहयोगात्मक दृष्टिकोणबाट साझा चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिए। 

त्यस्ता कूटनीतिक सिद्धान्तहरूको महत्त्वलाई उजागर गर्दै पाकिस्तानी प्रधानमन्त्रीले दुवै राष्ट्रको सार्वभौमसत्ता  अक्षुण्ड राख्न र स्थापित अन्तर्राष्ट्रिय मान्यताहरूको सम्मान गर्दै साझा प्रतिबद्धताको महत्त्वलाई जोड दिएको बताइएको छ। 

साथै उनले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई सकेसम्म चाँडो पाकिस्तान भ्रमण गर्न निमन्त्रणा पनि दिएका छन्।

प्रकाशित: Jan 30, 2024| 19:40 मंगलबार, माघ १६, २०८०
प्रतिक्रिया दिनुहोस्