सोमबार, मंसिर १, २०८२

श्रृंखलाले जित्लिन मिसवर्ल्‍ड? परिवार भन्छ : ढुक्क छौं

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं – ‘मिस वर्ल्‍ड नेपाल २०१८’ विजेता श्रृंखला खतिवडा ‘मिसवर्ल्‍ड २०१८’को अन्तिम ३० मा आफ्नो स्थान सुरक्षित गर्दै बलियो प्रतिस्पर्धिका रुपमा देखा परेकी छन्। ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विदि अ पर्पस’ अवार्ड हात पार्दै उनले अन्तिम ३०मा आफ्नो स्थान सुरक्षित बनाइसकेकी छन् ।

उनी अन्तिम ३० मा पर्न सफल भएसँगै उनको परिवारका साथै देश विदेशमा रहेका नेपालीमा खुशीयाली छाएको छ। श्रृंखलाले प्रतिस्पर्धाको सुरुवाती चरणदेखि नै फ्यानहरुको राम्रो साथ पाइरहेकी छन्। उनलाई प्रतिस्पर्धामा बलियो दावेदारका रुपमा उभ्याउन फ्यानहरुको पनि महत्वपूर्ण भूमिका छ। श्रृंखलाको यात्रा सहज बनाउन थुप्रैले देश विदेशबाट राम्रो भोट गरेका थिए। 

अब प्रतिक्षा छ त केवल ‘मिसवर्ल्‍ड २०१८’को बन्छ भन्ने। अहिलेसम्मका प्रतिस्पर्धामा मिसवर्ल्‍डमा नेपालबाट बलियो दावेदारका रुपमा कोही पनि प्रस्तुत हन नसकेकोमा श्रृंखलाको उपस्थिति बलियो दावेदारका रुपमा रहेकाले पनि उनको चर्चा चुलिएको छ।

श्रृंखलालाई हौसला दिन बिहिबार उनका वुवा विरोध खतिवडा र आमा मुनु सिग्देलसहितको ३१ सदसीय टोली चीन तर्फ प्रस्थान गरेको छ। उनीहरु श्रृंखलाको आत्मविश्वास बढाउन चीन प्रस्थान गरेका हुन्। 

श्रृंखलाका बुवा विरोधले चीन प्रस्थान गर्दै गर्दा आफुहरुको टिकट बुकिङ भइसकेको र छोरीलाई हौसला प्रदान गर्नु प्रमुख उद्देश्य रहेको बताए। उनकी आमा मुनुले पनि यसपटकको मिसवर्ल्‍ड नेपालले जित्नेमा आफूहरु ढुक्क रहेको प्रतिकृया दिएकी छन्।

विश्वका १ सय २१ देशकी सन्दरी सहाभागी प्रतिस्पर्धाको फाइनल डिसेम्बर ८ अर्थात यही शनिबार हुँदैछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्