बिहीबार, वैशाख ३१, २०८३

देशभरका हलमा ‘प्रसाद’ र ‘झिल्के’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – देशभरका हलमा आज (शुक्रबार) दुई फिल्म रिलिज भएका छन्। फिल्म ‘प्रसाद’ र ‘झिल्के’ आज रिलिज भएका फिल्म हुन्।

‘प्रसाद’ सिन्तान दम्पतिको कथामा आधारित र ‘झिल्के’ प्रेम तथा हास्य कथामा आधारित फिल्म हुन्। दिनेश राउतको निर्देशनमा रहेको ‘प्रसाद’मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य अभिनय रहेको छ। विपिन र नम्रताले निसन्तान दम्पतिको रुपमा देख्न सकिने छ। 

यस्तै आजै रिलिज भएको लक्ष्मण योञ्जन तामाङको कथा तथा निर्देशनमा रहेको फिल्म ‘फिल्के’मा पुष्कर गौतम, झरना थापा, राजमाझी दाहाल, राजकुमारलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ। भीम बस्नेत, कुन्दन राई, देवेश राई र गणेश रिजालले निर्माण गरेको फिल्ममा सुमन तामाङको छायांकन छ। दुवै फिल्म युनिटकाे आफ्नो फिल्मले राम्रो व्यापार गर्ने दावी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्