बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदी विदेशमन्त्रीको आह्वान

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न इजरायललाई साउदी विदेशमन्त्रीको आह्वान

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

रियाद- साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले आइतबार इजरायललाई अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आग्रह गरेका छन्।

National life

साउदी राज्यको स्वामित्वमा रहेको ‘अल अरेबिया न्यूज च्यानल’का अनुसार उनले कायरोमा  इजिप्टका समकक्षी समेह शौकरीसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गरेका हुन्।  यस सन्दर्भमा दुवैले गाजा पट्टीमा युद्धविराम तथा आवश्यक  सहयोगको आह्वान गरेका थिए। 

अरब राष्ट्रहरूसँगै साउदी अरेबियाले पनि प्यालेस्टिनी जनताको रक्षा गर्न दबाब जारी राख्ने साउदी अधिकारीले बताएका छन्।   

गाजाको मानवीय स्थितिमा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) को फैसलालाई इजरायलले अस्वीकार गरेको सन्दर्भमा बोल्दै उहाँले अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन इजरायलमा पनि समान लागु हुनस पर्ने कुरामा जोड दिएका छन्। 

शुक्रबार आईसीजेले इजरायललाई गाजा पट्टीमा प्यालेस्टिनीविरुद्धको नरसंहार रोक्नको लागि सबै सम्भावित उपायहरू लागु गर्ने आदेश दिएको छ। अदालतका अनुसार यी आदेशहरू कानुनी रूपमा बाध्यकारी छन्।

Laxmi sunrise bank
kumari

यद्यपी दक्षिण अफ्रिकाले पेश गरेको मुख्य अनुरोधमध्ये एक आग्रहलाई आईसीजेले इजरायललाई गाजामा सैन्य कारबाही स्थगित गर्न आदेश दिएको छैन। दक्षिण अफ्रिकाले पेश गरेको मुख्य अनुरोधमध्ये एक हो । हमासलाई सबै इजरायली बन्धकहरूलाई रिहा गर्न पनि आह्वान गरेको छ।  

प्रकाशित: Jan 29, 2024| 21:00 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्