शुक्रबार, असार १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनको एक रेष्टुरेन्टमा आगलागी हुँदा ४ जनाको मृत्यु, ४ घाइते

चीनको एक रेष्टुरेन्टमा आगलागी हुँदा ४ जनाको मृत्यु, ४ घाइते

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०
National life
Shivam cement

काठमाडौं- उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको राजधानी होहोट स्थित एक रेष्टुरेन्टमा सोमबार आगलागी हुँदा चार जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। 

प्रारम्भिक अनुसन्धानले आगलागीबाट सजावट र फर्निचरका सामान डढेको देखाएको छ। स्थानीय अग्नि उद्धार टोली घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो। 

घाइतेहरूको उपचार भइरहेको छ भने आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ।   

प्रकाशित: Jan 29, 2024| 20:10 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्